सांसद रेणुकुमारी यादव सहित उनको परिवारमा तीन जना कोरोना सङ्क्रमित – Madhesh Update

सांसद रेणुकुमारी यादव सहित उनको परिवारमा तीन जना कोरोना सङ्क्रमित

   October 13, 2020  

जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेणुकुमारी याद वसहित उनको छोरा र बुहारी कोरोना सङ्क्रमित भएका छन । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले ५८ वर्षीया सांसद यादव सहित प्रदेश दुईको सभासद रहेका उनका छोरा अभिषेक यादव र बुहारी रिया यादवमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

सांसद यादवका छोरा प्रदेशसभा सदस्य अभिषेक यादवलाई पहिला कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परीक्षण गरिएको थियो । रिपोर्टमा सांसद यादवसहित उनकी २६ वर्षीया छोरा बुहारी र २५ वर्षीय चालकमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सवै जना होम आइसोलेसनमा बसेका छन् ।