महिला हिंसा विरुद्ध सप्तरीमा प्रदर्शन – Madhesh Update

महिला हिंसा विरुद्ध सप्तरीमा प्रदर्शन

   October 12, 2020  

बलात्कार र महिला हिंसाका मुद्दामा प्रहरीले लापरबाही गरेको भन्दै सोमबार महिला अगुवाहरुले सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरुले सप्तरी जिल्ला अदालत,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

उनीहरुले बलात्कार र महिला हिंसाका मुद्दामा प्रहरी नै पञ्चायती गराउन अग्रसर देखिने गरेको आरोप लगाए । उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राखेका छन् ।

प्रहरीको लापरबाहीका कारण जिल्लामा बलात्कार तथा महिला हिंसाका घटना बढिरहेकको राजविराज नगरपालिकाकी उप प्रमुख साधना झाले बताइन् । ‘बलात्कारका घटनालाई पञ्चायती गरेर मिलाइदिने काममा प्रहरी पनि उतिकै दोषी छन्,’ उनले भनिन्,‘घटनाबारे प्रहरीमा पीडितहरु जाहेरी दिन आउँदा जाहेरी लिदैनन् पीडितलाई पञ्चायतीमा जान प्रहरीले नै बाध्य बनाउने गरेका छन् ।’

‘प्रहरीको काम पञ्चायती गराएर मिलाउने होइन्,अपराधीलाई कानुनी कठघारामा उभ्याउने हो’ महिला नेतृ पुनम यादबले भनिन्,‘तर सप्तरीमा पञ्चायती गरेर जस्तो सुकै अपराध पनि मिलाउन प्रहरी नै अगाडी छन् ।’

जिल्ला अदालतबाट सुरु भएको प्ररदर्शन जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय अगाडी टुंगिएको थियो