जसपाले बोलायो कार्यकारणी समितिको बैठक – Madhesh Update

जसपाले बोलायो कार्यकारणी समितिको बैठक

   October 10, 2020  

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको संगठनात्मक एकता लगायत कार्यविभाजनका विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ।

पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेता राजेन्द्र महतो,अशोक राई र बाबराम भट्टराईसमेत सहभागी बैठकले कात्तिक ३ र ४ गते कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको हो।

यस अघि साउनमा भएको जसपाको कार्यकारणी समिति बैठकले पार्टीकम अध्ययद्धय सहित शिर्ष पांच नेतालाई एकिकरणका कामहरु टुग्याउने जिम्मा दिएका थिए । जसपा नेताहरुका अनुसार शिर्ष पाच नेताहरुले पार्टीको पदाधिकारी देखि केन्द्रिय समिति सम्म निर्माणका लागी गरेको गृहकार्यलाई अनुमोदनका लागी ३ र ४ कार्तिकमा जसपाले बैठक बोलाएको छ ।