नागरिकता विद्येयकको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला दहन – Madhesh Update

नागरिकता विद्येयकको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला दहन

   June 23, 2020  

जनकपुर- वैवाहिक अंगीकृत नागरिकता विधेयकमा नेकपाले विदेशी बेहुलीलाई ७ वर्षपछि नागरिकता दिने निर्णय गरेको विरोधमा प्रदेश नम्बर २ को सत्तारुढ दल जनता समाजवादी पार्टील जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

जनकपुरधामको जनकचोकमा सत्तारुढ जनता समाजवादी पार्टीका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । जसपाका केन्द्रीय सदस्य सञ्जय चौधरी, प्रशान्त झासहितका कार्यकर्ताले भानुचोकको बीच सडकमै बसेर एक घण्टासम्म चक्काजामसमेत गरेको थियो ।

जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता मिश्र, नेतृ विभा ठाकुर, विन्दु ठाकुर, पुनम झा मैथिलीसहितको अगुवाईमा सडक जाम गर्दै पुत्ला दहन गरी विरोध कार्यक्रम गरेको थियो ।

नेकपाले ७ वर्षपछि मात्र नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् ।

उनीहरुले सो प्रावधान नै खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।