सर्लाहीका प्रमुख जिल्ला अधिकारी पौडेल कोरोना पोजेटिभ – Madhesh Update

सर्लाहीका प्रमुख जिल्ला अधिकारी पौडेल कोरोना पोजेटिभ

   October 10, 2020  

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गराउँदा उनी संक्रमित रहेको पुष्टि भएको हो ।

उनको स्वाब संकलन असोज २२ मै भएको थियो । शनिबार रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना संक्रमित भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र लक्षण देखापरेमा कोरोना परीक्षण गराउन समेत अनुरोध गरेका छन् ।