कोरोना संक्रमणबाट प्रदेश-२ आज ३ को मृत्यु । मृत्यु हुनेको संख्या १४७ पुग्यो – Madhesh Update

कोरोना संक्रमणबाट प्रदेश-२ आज ३ को मृत्यु । मृत्यु हुनेको संख्या १४७ पुग्यो

   October 9, 2020  

मृतकको संख्या १ सय ४७ । कुल संक्रमितको संख्या १४ हजार ५७

कोरोना संक्रमणबाट प्रदेश २ मा थप ३ जनाको मृत्यु भएको छ । आज सप्तरीका दुई र सिरहाका १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ सय ४७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

आज सप्तरीको राजविराज नगरपालिका वडा नं ६ (राजगढ-४) घर भएका ७० वर्षीय पुरुष, रुपनी गाउँपालिका घर भई काठमाडौँमा उपचाररत्त रहेका ३६ वर्षीय पुरुष र सिरहाको लहान नगरपालिका वडा नं ६ घर भई पाटन अस्पताल ललितपुरमा उपचाररत्त रहेकी ४८ वर्षीय महिलाको मृत्यु भएको निर्देशक झाले जानकारी दिए ।

कोरोनाबाट हालसम्म सबैभन्दा बढी पर्सामा ४५ जनाको मृत्यु भएको छ । त्यस्तै सप्तरीमा १९, धनुषा र बारामा १८-१८, महोत्तरी र सिरहामा १५(१५, सर्लाहीमा ९, रौतहटमा ७ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।

त्यस्तै आज यस प्रदेशमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै कोरोना संक्रमितको संख्या १४ हजार ५७ पुगेको छ ।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सबैको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

आज पर्सामा १२, रौतहटमा ७, बारामा ७, सप्तरीमा ७, महोत्तरीमा ५, धनुषामा ३ र सिरहामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज १ सय ७० जना कोरोना संक्रमित निको भएर डिस्चाजए भएका छन् ।

डिस्चार्ज हुनेको संख्या ११ हजार ७ सय पुगेको छ भने हाल २ हजार २ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।