सिरहामा पनि नक्कली प्रहरी पक्राउ – Madhesh Update

सिरहामा पनि नक्कली प्रहरी पक्राउ

   October 6, 2020  

पर्सामा एक जना नक्कली प्रहरी इन्सपेक्टर बनेर ठग्ने पक्राउ गरेको केहिदिन पछि सिरहामा पनि एक जना नक्कपली प्रहरी बनेर ठग्ने पक्राउ परेका छन । पक्राउ पर्नेमा सिरहाको अर्नामा गाउँपालिकाका ३० वर्षीय मो जाबिर छन् ।

उनी जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका अभियुक्तलाई रिहा गराइदिने भन्दै रकम असुल गरेका सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा सिरहाको बरियारपट्टी गाउँपालिका ४ का २३ वर्षीय शिवकुमार साह संग जाविर आफु प्रहरी रहेको र मुद्दा फाँटमा रहेकोले रिहा गराई दिने भन्दै ३५ हजार ठगी गरेको डीएसपी घिमिरेले बताए ।

जाबिरले शिवका भाई मुकेशकुमार साहसँग शिवलाई कारागारबाट रिहा गराईदिने प्रलोभन देखाई ठगी गरेका थिए ।

प्रहरीले अहिले जाबिरलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।