डा गोविन्द केसीको समर्थनमा जलेश्वरमा धर्ना
Madhesh Update
October 6, 2020
चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनशनरत डा गोविन्द केसीको समर्थनमा महोत्तरीको जलेश्वरमा शान्तिपूर्ण धर्ना दिइएको छ ।
उनका पक्षमा नेपाली काँग्रेसका नेता बजरंग नेपालीको नेतृत्वमा जलेश्वरको बुद्धिजीवीहरु मंगलबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म धर्ना दिइएको हो । केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच सडकमा बसेर धर्ना दिएका हुन् ।
डा केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघिय सरकारको गैरजिम्मेवारीपनकाबिरूद्ध आफुहरुले शान्तिपूर्ण धर्ना दिएको नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झा नविनले जानकारी दिए ।
नागरिक सरोकार बिरोधी सरकार मुर्दावाद, मेडिकल माफियाको दादागिरी बन्द गर, डा गोवीन्द केसीको माग पुरा गरलगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले धर्ना दिएका छन् ।