महोत्तरीका ५१ पत्रकारको कोरोना बिमा – Madhesh Update

महोत्तरीका ५१ पत्रकारको कोरोना बिमा

   June 22, 2020  

महोत्तरी — महोत्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्ने जिल्लाका सबै पत्रकारको कोरोना बिमा गरिएको छ । कोरोना महामारीमा पनि सक्रिय रहेर काम गरिरहेका जिल्लाका ५१ जना पत्रकारको कोरोना बीमा गरिएको हो ।

बर्दिवास १ स्थित विनायक होटल प्रालिले शिखर इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी ५१ लाख बराबरको पत्रकारको बिमा गरिदिएको हो । प्रालिका संचालक विष्णु खड्काले जोखिम मोलेर काम गरिरहेका पत्रकारलाई काम गर्ने थप उर्जा मिलोस् भन्ने मनोभावले सुरक्षाको प्रत्याभूति गराउन बिमा गरिदिएको बताए ।

बिमित पत्रकारले कोरोना पोजिटिभ भएको पीसीआर रिपोर्ट बुझाएर बिमा कम्पनीसँग दाबी गरेमा १ लाख बिमा शुल्क प्राप्त गर्न सकिने शिखर इन्स्योरेन्स बर्दिवास शाखाका प्रमुख नरेन्द्र कडारीले बताए ।

स्थानीय सरकारले बेवास्ता गरेको अवस्थाम स्थानीय व्यवसायीबाट बिमा भएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष कमलेश मण्डलले खुसी व्यक्त गरे ।