सरकारविरुद्ध जसपासम्बद्ध महिला संघको काठमाडौमा प्रदर्शन – Madhesh Update

सरकारविरुद्ध जसपासम्बद्ध महिला संघको काठमाडौमा प्रदर्शन

   October 2, 2020  

जनता समाजवादी पार्टीले मुलुकमा बढदो महिला हिंसा र बलात्कार बिरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

जसपाका भगिनी संगठन जनता समाजवादी महिला संघ नेपालको आयोजनामा प्रदर्शन गरिएको हो । राजधानीको माइतीघर-मन्डेलामामा उपस्थित भएर जसपाका नेता कार्यकर्ता तथा महिला नेतृहरुले सरकारविरुद्ध प्रर्दशन गरेको थिए ।

देशका विभिन्न स्थानमा महिला हिंसा जारी रहेको र महिलाउपर बलात्कार जस्तो जघन्य अपराध गर्ने अभियुक्तलाई सरकार र सरकारका सुरक्षा संयन्त्रले कारबाहीको दायरामा ल्याउन नसकेकोले सरकारको रवैयाविरुद्ध प्रर्दशन गरिएको उनीहरुले बताए ।

देशमा आपराधिक घटना बढदो घटनाहरु वढीरहेको र आम नागरिक कोराना महामारीका कारण आक्रन्त रहेको वेला सत्ताधारी दल मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिमा रमाइरहेको उनीहरुले आरोप लगाएका छन ।