नागरिकता विधेयकले मुठभेड निम्तयाउने चेतावनी – Madhesh Update

नागरिकता विधेयकले मुठभेड निम्तयाउने चेतावनी

   June 22, 2020  

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधानसहित राज्य व्यवस्था समितिले पारित गरेको नागरिकता विधेयकबारे राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले आपति जनाएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यसले मुलुकलाई विभाजनतिर लैजाने बताएका छन् ।
बम

‘नेकपा सचिवालयको यो निर्णयले अत्यन्त अदूरदर्शी, अपरिपक्व, साम्प्रदायिक दंगा भड्काउने र प्रकारान्तरमा मुलुकलाई विभाजनतिर लैजाने भएको छ,’ सांसद देवले भने, ‘वैवाहिक अंगीकृत नागरिकताको बारेमा परिपक्व नेताहरूको पार्टी, लामो समयदेखि नेपाली राजनीतिक आन्दोलन र विभिन्नखाले परिवर्तन ल्याउन नेतृत्वको साझेदारी गरेको नेकपाको सचिवालयले जे निर्णय गऱ्यो । त्यसमा गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले राष्ट्रियतालाई बचाउनका लागि बिहार र उत्तर प्रदेश ९युपी०सँगको नेपाली सम्बन्धलाई योजनाबद्ध ढंगले तोड्नुपर्छ भन्ने नेकपाको मानसिकता भएको आरोपसमेत लगाए ।

‘सांस्कृतिक सम्बन्ध भनेको मनदेखि हुने हो । कसैको संस्कृतिमाथि आक्रमण गर्ने कुनै अधिकार नेकपालाई छैन । के बिहार र युपीमा नेपालका मधेसीहरूको सम्बन्धले गर्दा, उताबाट आउने बुहारीका कारण नेपालको राष्ट्रियता खतरामा जान्छ रु राष्ट्रियतालाई बचाउनका लागि बिहारी र युपीसँगको नेपाली सम्बन्धलाई योजनाबद्ध ढंगले तोड्नुपर्छ भन्ने नेकपाको मानसिकता हो । यो तोडेर तोडिने सम्बन्ध हो ?’ उनको प्रश्न थियो ।

नेकपाले सहमतिको यो निर्णय तोडेमा राजनीतिक दुर्घटना हुने उनले बताएका छन् । ‘नेपाली कांग्रेसजस्तो पार्टीलाई हेप्ने रु नेपाली कांग्रेसलाई हेपेर, मधेसवादी दललाई हेपेर यो मुलुक सञ्चालन गर्न सम्भव छ रु’ उनले भने, ‘सहमति नतोड्नुस् राजनीतिक दुर्घटना हुन्छ । २०२० को नागरिता ऐन, २०६३ मा आउँदाखेरि संविधान बनाउने वेलामा गरिएको सहमतिको दस्ताबेज हो । वर्तमान संविधानको धारा ११ को उपधारा ६ ले जुन व्याख्या गरेको छ । त्यो सहमतिको व्याख्या हो ।’

जसपा सांसद मृगेन्द्रकुमार सिंहले बहुमतको दम्भ देखाउँदै राज्य व्यवस्था समितिले गरेको निर्णयले देशमा मुठभेड निम्त्याउने बताए।

‘भारतीय चेली नेपालमा विवाह गरेर आउँदैमा तिनीहरूले राष्ट्रघात गर्छन् रु खेतहरू सुक्खा पारेर कोसी बेच्ने भारतीय चेली हुन् रु,’ सिंहले प्रश्न गरे, ‘राष्ट्रघातीतिर ध्यान छैन । हाम्रो समुदाय, संस्कृति, परम्परामाथि एक हातमा सिन्दुर र एक हातमा नागरिकता दिने भन्ने कुरा पनि गरिएको छ । हो सिन्दुरको महत्व छ । हाम्रो परम्परामा सात फेरा लिएर सात कसम खाइन्छ । उसको हकअधिकारको सुरक्षा गर्छौं भन्ने हुन्छ । यो निर्णय हाम्रो भावना, संस्कृतिमाथि चोट हो । नेकपा सचिवालय बैठक र राज्य व्यवस्था समितिले गरेको निर्णयलाई गम्भीरतासाथ लिइयोस् । राष्ट्रलाई मुठभेडतिर नलगियोस् ।’