जसपा अध्यक्ष ठाकुरको मुटुको शल्यक्रिया – Madhesh Update

जसपा अध्यक्ष ठाकुरको मुटुको शल्यक्रिया

   September 28, 2020  

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको मुटुको सामान्य शल्यक्रिया गरिएको छ । गत शनिबार बिहान ११ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको हो ।

उनको निजी सचिवालयका अनुसार उनी अहिले अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् । चिकित्सकको सल्लाहअनुसार कोरोना संक्रमणलाई दृष्टिगत गर्दै हाल उनलाई भेटघाट गर्न पूर्णतया बन्देज गरिएको जनाइएको छ ।