सरिता गिरीलाई स्पष्टीकरण सोध्दै समाजवादी पार्टी – Madhesh Update

सरिता गिरीलाई स्पष्टीकरण सोध्दै समाजवादी पार्टी

   June 22, 2020  

समाजवादी पार्टीले प्रतिनिधीसभा सासंद सरीता गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमवार समाजवादी पार्टीको पदाधिकारी बैठकले गिरीसंग नक्शा प्रकरणमा पार्टी निर्णय नमानेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको उक्त पार्टीले जनाएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सरकारले सार्वजनिक गरे पछि गिरीले त्यसकोआधार प्रमाण सरकारसंग माग गरेकी थिईन ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कमद चालेको समाजवादी पार्टीको बुझाई छ । नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण स्ष्पष्टीकरण सोध्ने निर्णय भएको पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए । संविधान संशोधनमा मतदानका दिन उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।

राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेको कारणमा सांसद गिरीसँग स्पष्टीकरण सोध्न थालिएको हो ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन् । त्यसलगत्तै समाजवादीको संसदीय दलको बैठकले उनलाई संसोधन फिर्ता लिन निर्देशन दिएको थियो तर उनले आफ्नो संसोधन फिर्ता लिएकी थिइनन् । सभामुखले गिरीको प्रस्ताव संविधान सम्वत नभएको भन्दै खारेज गरेका थिए । र त्यसपछि गिरी संसद बैठक बहिष्कार गरेकी थिइन् ।