जनकपुरमा उत्तरी छिमेक चिन विरुद्ध प्रर्दशन – Madhesh Update

जनकपुरमा उत्तरी छिमेक चिन विरुद्ध प्रर्दशन

   September 25, 2020  

नेपालीको हिमाली जिल्ला हुम्लामा उत्तरी छिमेक चिनले नेपाली भुभागमा घर बनाएको भन्दै सो भुभाग फिर्ता गर्न माग सहित जनकपुरमा शुक्रवार युवाहरुले प्रर्दशन गरेका छन । हुम्लामा नेपाली भुभागमा चिनले घर बनाएको समाचार आए पछि काठमाडौ स्थित चिनीया दुतावासले त्यसको खण्डन गरेको थियो । पछि नेपालको परराष्ट मन्त्रालयले पनिले चिनले आफनै भुभागमा घर बनाएको बताएका थिए ।

तर स्थानिय जनप्रतिनिधीहरु सहित स्थानियले चिनले बनाएको भवन नेपाली भुभाग रहेको दावी गरेका छन । नेपाल सरकारको परराष्ट मन्त्रालयले दिएको प्रष्टीकरणको नेपाली काग्रेसले गलत भएको आरोप लगाएको छ । नेपाली काग्रेसले विहिवार प्रेस विज्ञप्ती निकालेर सरकारले विना अध्यान अनुसन्धान हतारमा आफनो धारणा सार्वजनिक गरेका थिए ।

सरकारको टिप्पणी प्रति हुम्लाका स्थानियहरु रुष्ट रहेको खवरहरु सार्वजनिक भएको छ । स्थानिय वडाअध्यक्षले सार्वजनिक अन्र्तवार्ता नै दिदै चिनले नेपाली भुभागमा आएर भवन बनाएको दावी गरेका छ ।

शुक्रवार जनकपुरमा युवाहरुले विरोध प्रर्दशन गर्दै चिनलाई नेपाली भुभाग छाडन र नेपाल सरकारलाई उक्त भुमी फिर्ता ल्याउन चेतावनी दिएका छन । यस अघि काठमाडौमा पनि युवाहरु चिनीया दुतावास अगाडी विरोध प्रर्दशन गरेका थिए ।