धानको मुल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश दुई सरकारबीच छलफल – Madhesh Update

धानको मुल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश दुई सरकारबीच छलफल

   September 25, 2020  

धानको न्युनतम समर्थन मुल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश २ सरकार बीच छलफल भएको छ ।

संघीय कृषि तथा पशुपंक्षि विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा शुक्रबार जनकपुर सिथत मुख्यमन्त्री कार्यालयमा सम्पन्न बैठकले धानको न्युनतम मुल्य निर्धारण गरि सरकारी स्तरबाटै धान खरिद गर्ने गरि योजना निर्माणका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १० दिन भित्र विस्तृत प्रस्ताव तयार पारि संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरिएको छ । छलफलमा किसानलाई धानको उचित मुल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरु माथि विमर्श भएको बताइएको छ ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव अर्जुन पोखरेल एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।