राजेन्द्र महतोको बजेटबाट जनकपुर उपमहानगरपालिकामा दुइवटा पानी ट्यांकी – Madhesh Update

राजेन्द्र महतोको बजेटबाट जनकपुर उपमहानगरपालिकामा दुइवटा पानी ट्यांकी

   September 25, 2020  

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतोले जनकपुरधाम उप–महानगरपालिकालाई २ वटा पानी ट्यांकी प्रदान गरेका छन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट उनले उपमहानगरपालिकालाई उक्त टयांकी प्रदान गरेका हुन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख र जनकपुरधाम उपमहानगरपालिकाको १० लाख गरी संयुक्त लगानीमा उक्त ट्यांकी खरिद गरिएको महतोका स्वकीय सचिवालय ले जनाएको छ ।

सडकमा जमेको धुलो सफा गर्न तथा आगिलागी नियन्त्रणमा लिन सो ट्यांकी खरिद गरिएको उनले बताए । सोही कार्यक्रमबाट महतोले जनकपुर उपमहानगरपालिकालाई यसअघि ब्रुमर प्रदान गरेका थिए।