अनिल झाले पनि महन्थ ठाकुरलाई दिए जसपा कोटाका नामावली – Madhesh Update

अनिल झाले पनि महन्थ ठाकुरलाई दिए जसपा कोटाका नामावली

   September 23, 2020  

जनता समाजवादी पार्टी, नेपालको पार्टी समायोजनको क्रममा आफनो भागमा पर्ने केन्द्रिय सदस्यहरुको नामावली अनिल झाले महन्थ ठाकुरलाई वुधवार बुझाएका छन । पुर्व राजपाको भागबन्डामा समस्या परे पछि जसपाको समायोजनमा समस्या परिरहेको आरोप उपेन्द्र यादवले पछिल्लो समयमा लगाउदै आएका थिए । मंगलवार मात्रै महेन्द्र यादव र राजकिशोर यादवलो ठाकुरकै उपस्थितीमा उपेन्द्र यादवलाई आफनो नामावलीहरु बुझाएका थिए । यस अघि शरदसिंह भण्डारीले पनि ठाकुरलाई आफनो तर्फको नामावली दिइसकेको छ ।

झाले ठाकुरलाई वुधवार नमावली बुझाए संगै पुर्वराजपा तर्फको समस्या अव नरहेको र अव जसपाको समायोजन प्रक्रिया अघि वढने नेताहरुले बताएका छन । केहि हप्ता अघि बसेको जुपा कार्यकारणी समितिको बैठकले ५ शिर्ष नेतालाई पार्टीको समायोजन काम अघि वढाउने जिम्मा दिएको थियो ।