जसपा समायोजन सकस-महेन्द्र र राजकिशोर यादवले उपेन्द्रलाई दिए आफनो नमावली – Madhesh Update

जसपा समायोजन सकस-महेन्द्र र राजकिशोर यादवले उपेन्द्रलाई दिए आफनो नमावली

   September 22, 2020  

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समिति गठनमा देखिएको सकस विचमा पुर्वराजपाका दुई नेता महेन्द्र यादव र राजकिशोर यादव उपेन्द्र यादवलाई आफनो नमावलीमा मंगलवार बुझाएका छन । पुर्व राजपा र पुर्व समाजवादी पार्टीको भागबन्डामा बन्न लागेको जसपा केन्द्रिय समितिमा उपेन्द्र यादव माथी पुर्वराजपामा चलखेल गरेको आरोप लागेको थियो ।

उपेन्द्रले महेन्द्र र राजकिशोरलाई भडकाएको ओरोप पुर्वराजपा पक्षले लगाइरहदा मगलवार यस्तो घटना भएको हो । पुर्वराजपा पक्षको बैठकमा महेन्द्र र राजकिशोरले लफडा गरे एक हप्ता अगाडी महन्थ ठाकुरले महेन्द्र यादवलाई हप्काएका थिए ।

यद्यपी मगलवार जसपा पार्टी कार्यलय वालकुमारीमा उपेन्द्र यादव र महन्थ ठाकुर संग हुदा महेन्द्र र राजकिशोर यादवले आ आफनो नामावली बुझाएका छन । पुर्वराजपामा शरदसिंह भण्डारीले यस अघि नै महन्थ् ठाकुरलाई आफनो नामावली बुझाइ सकेका छन भने अनिल झाले वुधवारसम्म ठाकुरलाई नै आफनो नामावली बुझाउने समय मागेका छन ।

गत १० बैशाखमा राजपा र समाजपादी पार्टीको विचमा एकिकरण गरेर जसपा गठन भए पछि पुर्वराजपा पक्षका चार नेताहरु शरदसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवले आफुहरुलाई महन्थ ठाकुर र राजेन्द्र महतोले माइनस गरेको आरोप लगाएका थिए । त्यसमा उपेन्द्र यादवले समेत चलखेल वढाए पछि पार्टीको समायोजनमै समस्या देखिएको थियो । यद्यपी उपेन्द्रको चलखेल वढे पछि भण्डारी र झा व्याक हुदै ठाकुर र महतोलाई आफनो नामावली बुझाउन तयार भएका थिए ।

मंगलवार महेन्द्र र राजकिशोर यादवले नामावली बुझाए संगै अव जसपाको समायोजन प्रक्रिया अघि वढने नेताहरुले बताएका छन । जसपाको केन्द्रिय कार्यकारणी समितिले ५ शिर्ष नेतालाई समायोजन टुगो लगाउने जिम्मा दिएका थिए । जसपा स्रोतका अनुसार दुईदिन भित्रै बस्ने ५ शिर्ष नेताहरुको अवको बैठकले जसपाको समायोजन प्रक्रिया अघि वढाउने छ । जसपाले केन्द्रमै कार्यकारणी समिति सहित संघिय परिषद, केन्द्रिय समिति सहित ११ ओटा कमिटीहरु गठन गर्दै छ ।