संविधान दिवसको अवसरमा तराई मधेशमा विरोध प्रर्दशन – Madhesh Update

संविधान दिवसको अवसरमा तराई मधेशमा विरोध प्रर्दशन

   September 19, 2020  

नयां संविधान जारी भएको पाच बषृको अवसरमा सरकारले हरेक बर्ष झै तामझाम झै संविधान दिवस मनाइरहदा तराई मधेशका जिल्लाहरुमा भने संविधान संशोधनको माग सहित विरोध प्रर्दशन भएको छ । जनता समाजवादी पार्टीले संविधानले मधेशी, जनजाती, थारु सहित अन्य सिमान्तकृत समुदायको अधिकार नदिएको भन्दै संविधान दिवस बहिष्कार गर्दै विरोध आएका छन । संविधान जारी हुदा हालको जसपामा रहेको तात्कालिन मधेशी पार्टीहरु आन्दोलन गरेका थिए ।

त्यही आन्दोलनमा भएको प्रहरी दमनको याद गर्दै तराई मधेशमा कालो दिवसपनि भन्ने प्रचलन भएको छ ।

त्यही अवसरमा आज पुर्वको झापा मोरड देखि पश्चिमको कैलाली सम्म मधेशी तथा थारु समुदायले विरोध प्रर्दशन गरेका थिए ।
शुक्रवार मात्रै जसपाले एक विज्ञप्ती निकाल्दै संविधान दिवसको कुनै पनि कार्यक्रममा सहभागी नहुने बताउदै पार्टीका संगठनहरु र आम नागरिक समुदायमा विरोध प्रर्दशन गर्न आब्हान गरेका थिए ।

जसपाको केन्द्रिय युवा नेताहरु काठमाडौमा हाथमा कालो पटी बाधेर बबरमहरस्थित पुर्व राजपाले प्रयोय गरेको पार्टी कार्यलय विरोध प्रर्दशन गरेका थिए भने जिल्लाहरुमा जसपाको जिल्ला कार्यसमितिको व्यानरमा विरोध कार्यक्रम भएको थियो ।

पश्चिमको दाग, वाके बर्दीया, कैलाली लगायतका जिल्लामा थरुवान थरुहट राष्टिय मोर्चाले पनि आफनो व्यानरमा विरोध प्रर्दशन गरेका छन ।