संविधान दिवसको अवसरमा प्रदेश दुई सरकारले गरेनन कुनै कार्यक्रम – Madhesh Update

संविधान दिवसको अवसरमा प्रदेश दुई सरकारले गरेनन कुनै कार्यक्रम

   September 19, 2020  

जनता समाजवादी पार्टी, नेपालको सरकार रहेको प्रदेश दुईमा सरकारको तहवाट संविधान दिवसमा यस पटक कुनै पनि कार्यक्रमहरु आयोजना गरिएको छैन । अघिल्लो बर्ष प्रदेश दुईमा यही सरकारले तीन दिवसीय कार्यक्रम गरेको थियो ।

मधेशमा संविधानको विरुद्धमा आन्द्योलन भएकाले र त्यसको अनुसार संशोधन नभएकाले ३ असोजमा त्यसको विरोध गर्ने गरिन्छ । जसपाका घटकहरु नै सविधान संशोधन नभए सम्म संविधान दिवसको कुनै पनि कार्यक्रमहरु सहभागी नहने बताइसकेका छन ।

यद्यपी सरकारको हैसियतमा प्रदेश दुई सरकार यस अघि विरुवा रोपन सहितका कार्यक्रमहरु गर्ने गरेका थिए । तर यस पटक संविधान दिवसको अवसरमा प्रदेश दुई सरकारको कुनै पनि कार्यक्रम नरहेको प्रदेश सरकारले बताएको छ ।