सरीता गिरीले गठन गरिन तराई मधेश लोकतान्कि बृहत लोकतान्त्रिक मोर्चा – Madhesh Update

सरीता गिरीले गठन गरिन तराई मधेश लोकतान्कि बृहत लोकतान्त्रिक मोर्चा

   September 19, 2020  

केहि समय अघि मात्रै जनता समाजवादी पार्टी वाट कारवाहीमा परेकी मधेशकी पुराना नेतृ सरीता गिरी आफनो नेतृत्वमा तराई मधेश बृहत लोकतान्त्रिक मोर्चा गठन गरेकी छिन । गिरीले सिरहाको लहानमा शुक्रवार आयोजित एक कार्यक्रम मार्फत मोर्चाको गठन गर्दै एक मधेश एक प्रदेशको माग अघि सारेकी छिन ।

समानता, मातृत्व तथा सम्पन्नताको लागि पुरै नेपालमा पहाड तथा तराई मधेश गरी दुई वटा प्रदेशको मात्रै आवश्यकता रहेको उनले बताईन् । दुवै प्रदेशमा आफ्नै सांसद, आफ्नै प्रधानमन्त्री र सरकार हुनुपर्ने विज्ञप्ती मार्फत जनाएको छ । राष्ट्रिय एकताको लागि दुवै प्रदेशको सहभागितामा राष्ट्रिय संसद,प्रधानमन्त्री तथा संवैधानिक राष्ट्रपतिको व्यवस्था हुनुपर्ने उनले बताइन । यसमा उनले ब्रिटेनको उदाहरण पेश गरेकी छिन् । जहाँ स्कटलैन्ड र उतरी आयरलैन्ड छ ।

उनको यो मोर्चाले तराई मधेश वृहत लोकतान्त्रिक अभियान थाल्ने जानकारी दिइन् । दुवै प्रदेश अलग अलग निर्माणको माग राख्दै अब आन्दोलनमा जाने उनको भनाई छ । मोर्चामा उनीसँगै नेपाल सद्भावना पार्टी, मुस्लिम जनशक्ति पार्टी, विश्व हिन्दु परिषदका व्यक्तिहरु आवद्ध छन् ।

नयां संविधान २०७२ मधेशलाई स्वीकार्य नरहेको रहेको उनले विज्ञप्तीमा उल्लेख गरेकी छिन् । संविधान घोषणा भएको असोज ३ को गतेको दिनलाई कालो दिवसको रुपमा मनाउने उनले जानकारी गराईन् ।