संविधान दिवसमा सहभागी नहुने जसपाको घोषणा – शनिवार विरोध प्रर्दशन गर्न – Madhesh Update

संविधान दिवसमा सहभागी नहुने जसपाको घोषणा – शनिवार विरोध प्रर्दशन गर्न

   September 18, 2020  

संविधान प्रति असन्तुष्टि राख्दै आन्द्योलन गरेको जनता समाजवादी पार्टी ले शनिवार संविधान दिवसको अवसरमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेको छ । र्पाच बर्ष अगाडी जसपामा रहेका तात्कालिन मधेशी पार्टीहरु संविधान विरुद्ध ६ महिना लामो आन्द्योलन गरेका थिए । त्यस यता उनीहरु सविधान संशोधनको माग गर्दै आइरहेका छन । यस अघि जसपाका एक घटत तात्कालिन राजपा नेपाल यसलाईकालो दिवसको रुपमा मनाउदै आएका थिए । उपेन्द्र यादव स्वयंम आफै संघिय सरकारमा सहभागी भए पनि संविधान दिवसको कार्यक्रममा सहभागी भएका थिएन । यद्यपी उनको नेतृत्वको तात्कालिन संघिय समाजवादी पार्टीमा कालो दिवसलाई लिएर मतभेद देखिएको थियो । पार्टी भित्रै मतभेद देखिए पनि यादव मौन बस्ने गरेका थिए ।

शुक्रवार जसपाको तर्फवाट अध्यक्षद्धय महनथ् ठाकुर र उपेन्द्र यादव विज्ञप्ती निकाल्दै शनिवार सरकारले मनाउन लागेको संविधान दिवसमा सहभागी नहुने र त्यस विरुद्ध पार्टी संगठन र आम नागरिकलाई विरोध प्रर्दशन गर्न आब्हान गरेको छ । ठाकुर र यादवले विज्ञप्ती निकालेर संविधान प्रति मधेशी थारु सहित जनजाती समुदायको असन्तुष्टि रहेको भन्दै आफुहरुको माग अनुसार संविधान संशोधन गर्न माग गर्न माग समेत गरिएको छ ।

यस अघि ३ असोजमा तराई मधेशमा कालो दिवसको रुपमा विभिन्न कार्यक्रमहरु हुने गरेका थिए । राजपाको व्यानरमा विरोध प्रर्दशन हुने गथ्र्यौ । तराई मधेशमा नागरिक समाज सहित विभिन्न संघ सस्थाहरुले मधेशीहरुको मुद्धाको वारेमा विभिन्न कार्यक्रमहरु यस पटक समेत गरिदै छ ।

जसपा स्रोतका अनुसार उपेन्द्र यादव कालो दिवस अस्विकार गरे पछि जसपाले भोली सिधै विरोध प्रर्दशन गर्न आब्हान गरेका छन ।