संविधानप्रति असन्तुष्टिको सम्बोधन गर्नुपर्छ- पुर्वराष्टपति यादव – Madhesh Update

संविधानप्रति असन्तुष्टिको सम्बोधन गर्नुपर्छ- पुर्वराष्टपति यादव

   September 18, 2020  

पुर्वराष्ट्रपति डा रामवरण यादवले नयां संविधान प्रति असन्तुष्टहरुको समबोधन गर्नु पर्ने बताएको छ । संविधान दिवसको पुर्वसन्धयामा रासससं कुरा गर्दै यादवले लोकतन्त्रमा आआफनो कुरा राख्ने अधिकार सबैको भएको बताउदै संविधान प्रति देखिएको असन्तुष्टि लोकतान्त्रिक विद्यी मार्फत सम्बोधन हुनु पर्नेमा जोड दिए । दोस्रो संविधानवाट पुर्वराष्टपति यादवले नैनयां संविधान जारी गरेका थिए । जुन संविधान जारी हुदा मधेशत्यस विरुद्ध आन्दोलन भएको थियो ।

अन्तरिम सविधानले दिएको अधिकारहरु समेत काटेर नयां सविधान जारी भएको भन्दै तात्कालिन मधेश पार्टीहरु संविधान जारी हुने प्रक्रियामा समेत सहभागी भएका थिएन । ०७२ असोज ३ मा जारी भएको नयां संविधानको विरुद्धमा ६ महिना लामो मधेशमा आन्दोलन भएको थियो । जुन आन्द्योलनले अन्त्रिम संविधान र तात्कालिन मधेशी मोर्चा र सरकारको विचमा पटक पटक भएको सम्झौताहरु अनुसार मधेशीलाई अधिकार दिनु पर्ने माग गरेको थियो ।

पुर्वराष्टपति यादवले संविधान जारी भए देखि नै मधेशी समुदायले उठाउदै आएको मागहरु सम्बोधन गर्न दलहरुलाई पटक पटक सार्वजनिक रुपमै आग्रह गरिसकेको छ ।