सप्तरी बलात्कार प्रकरणमा दुई जना पक्राउ – Madhesh Update

सप्तरी बलात्कार प्रकरणमा दुई जना पक्राउ

   September 18, 2020  

सप्तरीको डाकनेश्वरी नगरपालिका–७ की एक किशोरीको बलात्कार प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय बल्लु भनिने सुमन कुमार मण्डल र रन्जित मण्डल छन् । उनीहरुलाई बलान बिहुल गाउँपालिका वडा नं ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

‘दुई जना पक्राउ परे, अन्यको खोजी जारी छ,’ डिएसपी भारतीले भने ।

पक्राउ परेकाहरु बलात्कारमा मुख्य आरोपी हुन् । आरोपीमध्ये अन्य दुई जना फरार छन् । उनीहरुको खोजी कार्य जारी छ ।

गत २९ भदौमा धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि गाउँकै चार जना युवाले सामूहिक बलात्कार गरेका थिए । गाउँका अगुवाहरुले केही नगद दिएर घटना मिलापत्र गर्न दबाव दिएका थिए । त्यही पीडाबाट विक्षिप्त किशोरीले आत्महत्या गरेकी थिइन् ।