जनकपुर आइपुग्यो रेल – Madhesh Update

जनकपुर आइपुग्यो रेल

   September 18, 2020  

दुई बर्ष अघि निर्माण सम्पन्न भएको जनकपुर जयनगर रेल बाटोमा चलाउने गरि नेपाल रेल शुक्रवार जनकपुर आइपुगेका छन । दुई सेट रेल ल्याएको रेल विभागले आउदो मंसीरमा पर्ने विवह पन्चमी महोत्सव देखि नियमित सेवा सुचारु गर्ने जनाएको छ । शुक्रवार भारतको जयनगरवाट जनकपुर स्टेशनमा आइपुगेको रेल सेट नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । ०७५ सालकै विवहपन्चमीवाट रेल सेवा सुरचारु हुने समपुर्ण तयारी पुरा भए पनि रेल सेट ल्याउन नसकिदा जयनगर जनकपुर रेल सेवा सुचारु हुन सकेको थिए ।

शुक्रवार जनकपुर आइपुगेको मध्यम खालको अति सुविधा सम्पन्न २ सेट रेलको बगी र ४ वटा इन्जिन भित्रिएको हो । भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा किनेको हो ।

भारत सरकारकै लगानीमा जयनगरदेखि कुर्थासम्म निर्माण भएको ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाकमा पहिलो चरणमा रेल गुड्ने बताइएको छ ।

रेल सञ्चालन लगतै व्यापार व्यवसाय फस्टाउने तथा भारत आवत जावतमा सहज हुने भएकाले स्थानीय हर्षित भएका छन्।

हस्तान्तरण भएपछि दुबै रेल सेट पुनः जयनगरस्थित नेपाली स्टेसनमा लगेर सुरक्षित साथ राखिने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

जनकपुरमा राख्न सुरक्षित स्थान नभएकाले सञ्चालन नहुञ्जेलसम्म जयनगर स्टेसन नै पुर्याएर राखिने उनको भनाइ छ। दुईवर्षदेखि पटक–पटक केहिदिनमै सञ्चालन हुने अधिकारिक पक्षबाट भनिएपनि सञ्चालन नहुँदा स्थानीयहरु निराश भएका थिए। रेल सेट जनकपुर आइपुगेपछि अब चाँडै रेल सञ्चालन हुनेमा जनता विश्वस्त भएका छन्।

रेल संचालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरिसकेको छ। कर्मचारी भर्ना भए लगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने महानिर्देशक मिश्रले बताए।

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ। १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा शुरु भएको थियो। अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए। पछि जनकपुर देखि जयनगरसम्म मात्र रेल्वे सेवा सिमित भयो। पूर्वी क्षेत्रमा जनताका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे सेवा झण्डै ७ वर्ष अघि बन्द भएको थियो।