कैलाश महतोको नेतृत्वमा ‘स्वाधिन मधेश जनअभियान’ घोषणा – Madhesh Update

कैलाश महतोको नेतृत्वमा ‘स्वाधिन मधेश जनअभियान’ घोषणा

   September 16, 2020  

केहि समय अघि सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका कैलाश महतो स्वाधिन मधेश जनअभियान घोषणा गरेको छ । सिके राउतका कार्यशैली प्रति असन्तुष्टि जनाउदै महतोको नेतृत्वमा नवलपरासी सहित अन्य जिल्लाका समेत जनमत पार्टीका नेता कार्यकर्ता त्याहा बाट छुटिएका थिए । राउतको अभियानमा सुरु देखि संथ्दन महतो सदभावना पार्टीका पुराना नेता पनि हुन । पहिलो मधेश आन्द्योलनमा समेत उनको महत्वपुर्ण भुमिका थियो । त्यसपछि राउत अमेरिकावाट फर्के देखि नै महतो राउत पछि दोस्रो वरियताका नेताको रुपमा उनीसंग काम गरिरहेका थिए ।

तर पछिल्लो समयमा उनको नेतृत्वमा मधेशमा पार्टी बन्न नसक्ने निचोडमा पुगेका महतो उक्त पार्टी परित्याग गरेर आफनो नेतृत्च्वमा ११ सदस्यीय जनअभियान घोषणा गरेका छन । उनको आफनो नेतृत्वको जनअभियान तराई मधेशका सबै जिल्लामा गठन हुने र मधेश तथा मधेशी समुदायको हक अधिकारको पक्षमा काम गर्ने बताएका छन ।

राउतले अमेरिकावाट नेपाल फर्केर छटै मधेश देशका लागी अभियान चलाएका थिए । तर डेढ बर्ष अगाडी प्रधानमन्त्री केपी ओली संग सम्झौता गरेर मुलधारको राजनितीमा आएका छन । महतो पनि पहिलो मधेश आन्द्योलनताका एजेन्डाहरु कार्यन्वयन भए मधेशले अधिकार पाउने भन्दै अव त्यसका लागी आफुले जनअभियान थालेको बताएका छन ।