रेशम चौधरीको वारेमा जसपाको ज्ञापन पत्र लिन प्रधानमन्त्रीद्धारा अस्विकार – Madhesh Update

रेशम चौधरीको वारेमा जसपाको ज्ञापन पत्र लिन प्रधानमन्त्रीद्धारा अस्विकार

   September 16, 2020  

जनता समाजवादी पार्टी नेपालले रेशम चोधरीको वारेमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन समय मागे पछि प्रधानमन्त्रीले त्यसलाई अस्विकार गरेका छन । जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले गत आइतवार मात्रै एक विज्ञप्ती निकालेर आफना पार्टीका सासद चौधरीलाई निशर्त रिहा गर्न माग गरेका थिए । जसपा स्रोतका अनुसार अघिल्लो हप्ता बसेको पार्टीको पदाधिकारी बैठकमा रेशम चौधरीलाई संविधान दिवसको अवसरमा कानुनी रुपमा मुक्त गराउन सक्ने सम्भावना रहेको भन्दै त्यसका लागी प्रधानमन्त्रीसंग कुरा गर्ने निष्कर्ष निकाले थिए । त्यस पछि उपेन्द्र यादव र डा बाबुराम भटराईले वरिष्ठ नेता राजेन्द्र महतोलाई यसको लागी समय मिलाउन माग गरेका थिए ।

रेशम चौधरी महतो नेतृत्वमै रहेको तात्कालिन सदभावना पार्टीमा थरुहट राजनितीमा आएका हुनाले महतोले उनको रिहाईको पहलमा पार्टी भित्र सधै अगाडी रहने गरेका छन । यादव भटराईले चौधरीको रिहाईको पहलका लागी महताृलाई भने पछि उनी पार्टी कार्यलयवाटै प्रधानमन्त्रीसंग सम्पर्क गरेर आफुहरु पार्टीको ५ जना पदाधिकारीहरु भेटन चाहेको बताएका थिए ।

तर प्रधानमन्त्रीले रेशमको वारेमा अहिले कुरा गर्न नसकिने भन्दै जसपालाई समय नदिएको बुझिइको छ । प्रधानमन्त्रीले रेशमको वारेमा ज्ञापन पत्र बुझन नमाने पछि गत आइतवार जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ती निकालेर रेशमच चौधरी सहित मधेश थरुहट आन्दोलनका पक्राउ परेकालाई रिहा गर्न मुद्धा खेपीरहेकाहरुको मुद्धा तत्काल निशर्त रुपमा फिर्ता गर्न माग गरेको थियो ।

टिकापुर घटनामा मुछिएर तात्कालिन राजपाका नेता रेशम भुमिगत रुपमै निर्वाचनमाभाग लिएर अत्याद्यिक मतले प्रतिनिधीमा जितेका थिए । दुई बर्ष अगाडी तात्कालिन सभामुख कृष्ण बहादुर महराले उनलाई सपथ समेत खुवाएका थिए ।