जसपा समायोजनमा सकस – पुर्वराजपामा उपेन्द्र यादवको चलखेल – Madhesh Update

जसपा समायोजनमा सकस – पुर्वराजपामा उपेन्द्र यादवको चलखेल

   September 15, 2020  

उपेन्द्र यादव नेतृत्वको तात्कालिन समाजवादी पार्टी फुटनै लाग्दै गत १० बैशाखमा राजपा संग एकिकरण गरेका यादव जसपा समायोजनमा पुर्व राजपा भित्र चलखेल गर्न थाले पछि समस्या उत्पन्न भएको छ । पुर्व राजपामा रहेको अध्यक्ष मण्डलका नेताहरु महेन्द्र यादव र राजकिशोर यादवलाई उचालेर उपेन्द्र यादव महन्थ ठाकुर र राजेन्द्र महतोलाई अप्ठयारो पार्न थालेका छन ।

केहि समय अघि बसेको पहिलो जसपा कार्यकारणी समितिीमा समेत त्यसको प्रभाव देखिएको थियो । यद्यपी ठाकुर र महतो पार्टी समायोजन प्रति प्रतिवद्ध रहेको भन्दै त्यसको वास्ता गरेको थिएन । कार्यकारणी समिति बैठक बस्नु पुर्व सन्धयामा महन्थ ठाकुर पुर्वराजपाका शिर्ष नेताहरुको बैठक सिंहदरवार स्थित ससदीय दलमा बोलाउदा महेन्द्र यादव र राजकिशोर उपस्थीत भएन । सिंहदरवार ठाकुरको नेतृत्वमा समायोजन सम्बन्धी बैठक चलीरह्दा महेन्द्र र राजकिशोर यादव बानेश्वर स्थित एभरेष्ट होटलमा छुटै बैठक गरेका थिए । जुन बैठकमा उपेन्द्र यादव समेत सहभागी भएको थियो । त्यस यता महेन्द्र यादव र राजकिशोर यादव महन्थ ठाकुर र राजेन्द्र महतोलाई पार्टी समायोजनमा उपेन्द्र यादवको तर्फवाट अनावश्यक बखेडाहरु झिकीरहेका छन ।

सुरुमा शरदसिंह भण्डारी समेत त्यसमा सामेल भए पनि उपेन्द्र को चलखेल वढे पछि उनी ठाकुर समकक्ष समायोजन सम्बन्धी आफनो नामावलीहरु बुझाएका थिए ।

उपेन्द्र कै चलखेलका कारण जनता समाजवादी पार्टी नेपाल गठन भए पनि समायोजनको विषय पेचिलो बन्दै गएका छन । स्रोतका अनुसार उपेन्द्र यादवले महेन्द्र यादव र राजकिशोर यादवलाई आफनो नामावली छुटै आफु दिन समेत उस्काएका छन । उपेन्द्रको उक्त उस्काहट पछि महेन्द्र यादवले कार्यकारणी समिति बैठकमा महन्थ ठाकुर आफनो नेता नभएको समेत बताएका थिए ।

महन्थ ठाकुरले सोमवार समेत महेन्द्र यादव र राजकिशोर यादवलाई वोलाएर पार्टी समाउोजनका लागी आफना पक्षका नेताहरुको नाम बुझाउन आग्रह गरेका थिए । तर उनीहरु त्यसलाई वास्ता गरेन । ।

जसपा समायोजनमा महन्थ ठाकुरले आफ्नो र राजेन्द्र महतोको कोटामा ९५–९५, शरतसिंह भण्डारी र महेन्द्रराय यादवको कोटामा ४४–४४ र राजकिशोर यादव र अनिल कुमार झाको कोटामा ३०–३० जना तय भएको छ ।

तर उपेन्द्र यादवले महेन्द्र र राजकिशोरलाई नमान्न उचालीरहेका छन । पछिल्लो समयमा यादव रणनितीक रुपमा महन्थ ठाकुर र राजेन्द्र महतोको समेत बदनाम हुने गरि आन्तरिक चलखेल गरिरहेको छ । पार्टीलाई फुटवाट जोगाउन नस्कने भए पछि उपेन्द्र यादवले १० बैशाखमा ठाकुरलाई पहिलो वरियताको अध्यक्ष मान्न तयार भएका थिए ।