सैलुन सञ्चालन गर्न दिनुपर्ने भन्दै प्रदर्शन

लकडाउनका कारण लामो समय व्यवसाय बन्द भएपछि मर्कामा परेका सैलुन व्यवसायी पसल खोल्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले ‘संयुक्त नाई संघर्ष समिति’को ब्यानरमा काठमाडौंको माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूले राहत तथा क्षतिपूर्ति, बिमा, बैंकको ब्याज मिनाहालगायतका सातबुँदे माग राखेका छन् ।
कोरानाका कारण चैत ११ देखि सुरु भएको लकडाउन सगै काठमाडौमा रहेका सैलुनहरु र व्युटीपार्लहरु बन्द भएका छन । स्वास्थय मन्त्रालयले सैलुन र व्युटी पार्लरहरु उच्च जोखिममा रहेको भन्दै अन्य पसलहरु खोल्ने निर्णय गरे पनि सैलुन र व्युटी पार्लर बन्द गरिराख्न निर्णय गरेको छ ।