बारामा चट्याङ लागेर एकजनाको मृत्यु – Madhesh Update

बारामा चट्याङ लागेर एकजनाको मृत्यु

   September 15, 2020  

बारामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरी रहेका छन् ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए ।

टायर गाडामा बालुवा लोड गरिरहेका सोही ठाउँ बस्ने करिब २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । उनको सोही क्लिनिकमा उपचार भइरहेको उनले बताए ।