जसपाद्धारा रेशम चौधरी सहित अन्य आन्दोलनका बन्दीहरु रिहा गर्न माग – Madhesh Update

जसपाद्धारा रेशम चौधरी सहित अन्य आन्दोलनका बन्दीहरु रिहा गर्न माग

   September 13, 2020  

जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरी सहित मधेश-थरुहट आन्दोलनका वेला प्रकाउ परेकाहरुको रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्धारा मुद्दा चलाउने धान, सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको दावी गर्दै त्यस्तो कार्य बन्द गर्न पनि सरकारसंग आग्रह गरेको छ ।

जेलमा रहेका जसपा नेपालका नेता रेशम चौधरी लगायतका नेता तथा कार्यकर्तामाथि सरकारले लगाइएका मुद्दाहरु खारेज गरी चौधरीलाई निशर्त रिहा गर्न विज्ञप्तीमा भनिएको छ । जनआन्दोलन, सशस्त्र विद्रोह, जनयुद्ध तथा मधेश आन्दोलन र थरुहट आन्दोलन लगायतका विभिन्न संघर्ष एवं बलदानीका कराण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपा नेपालको विज्ञप्तिमा उल्लेख छ ।

चार बर्ष अगाडी ३ असोजमा संविधान जारी हुदा मधेशर थरुहटमा आनद्योलन हुदा चौधरी सहितका नेताहरु प्रकाउ परेका थिए । ३ असोजलाई मधेश थरुहट पक्षहरुmले कालो दिनको रप्मा पनि मनाउने गरेका छन । थारुसम्बद्ध संघ सस्थाहरुले ३ असोलाई लक्षित गरेर रेहम चौधरीको रिहाईको माग गर्दै विभिन्न विरोध कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।