काठमाडौको किर्तिपुरमा बस्दै आएका शम्भु चौधरीको घरपटीद्धारा हत्या – Madhesh Update

काठमाडौको किर्तिपुरमा बस्दै आएका शम्भु चौधरीको घरपटीद्धारा हत्या

   September 13, 2020  

काठमाडौ उपत्यकाको किर्तिपुर वडा नम्बरमा बस्दै भाडामा बस्दै आएका शम्भु चौधरीको शनिवार हत्या भएको छ । उनी बसेको घरपटि संग घर भाडाको विषयमा विवाद भए पछि घरपटिले रडले हाने पछि चौधरीको शनिवार विहान मृत्यु भएको थियो । उनी किर्तिपुर वडा नम्बर दुईमा प्रेमलाद मर्हजनको घरमा बस्दै आएका थिए । उनको मृत्यु पछि महर्जनलाई किर्तिपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

चौधरीसंग लकडाउन अवद्यीको भर भाडा बाकी रहेको र सो विषयमा चौधरी र घरपटि महर्जनको विचमा भनाभन भएको थियो । चौधरीले घर भाडा वापतको ११ हजार मध्ये ८ हजार दिएको वाकी तीन हजार पछि दिने भनेको उनको परिवारले बताएको छ । तर आक्रशित घरपटिले पछाडीवाट रडले हाने पछि चौधरी त्यही ढलेका थिएका थिए । त्यस पछि उनको मृत्यु भएको परिवारले जनाएको छ ।

शनिवार बिहान चौधरीको मृत्यु भए पछि घरपटि मर्हजनले चौधरीका छोरा सहित परिवार थुनेर घटना सार्वजनिक नगर्न दबाब दिएका थिए । महर्जनले त्यसको सटामा परिवारलाई पैसाको प्रलोभन दिएको थियो । तर स्थानिय मधेशी समुदायहरु प्रर्दशनमा उत्रिए पछि घरपटि महर्जन व्याक भएका थिए ।

पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएका छन ।