सप्तरीको हनुमाननगर नाकाबाट लाखौंको अवैध मदिरा बरामद – Madhesh Update

सप्तरीको हनुमाननगर नाकाबाट लाखौंको अवैध मदिरा बरामद

   September 11, 2020  

पछिल्लोपटक बन्दाबन्दीको नाममा सप्तरीको विभिन्न सीमावर्ती नाकामा अवैध मदिरा तस्करी फष्टाएको छ । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न। ११ सखुवा टोलबाट २४४ काटुृन अवैध मदिरा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सय सुरेशकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा नेपालबाट अवैध रुपमा भारततर्फ तस्करी गर्न लागेको अवस्थामा २४४ काटुृन अवेध मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । झन्डै ३ लाख ५० हजार मूल्य बरावरको सो अवैध मदिरा बरामद गरेको हनुमाननगरका सय यादवले जानकारी दिए ।

बरामद गरिएको अवैध मदिरा आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठि बुझाएको तथा मदिरा तस्कर फरार रहेकाले उनिहरुको खोजि कार्यतिव्र रुपमा भइरहेको सय यादवले बताए । यता पछिल्लोपटक अवैध मदिराका साथै मटर समेत हनुमाननगर नाकाबाट तस्करी फष्टाएको स्थानीयबासिहरुले बताएका छन् ।