सप्तरीका एसपी र डीएसपीलाई कोरोना संक्रमण – Madhesh Update

सप्तरीका एसपी र डीएसपीलाई कोरोना संक्रमण

   September 11, 2020  

जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रमुख एसपी र डीएसपी सहित अन्य ९ कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ ।

एसपी राजेन्द्रप्रसाद धमला र डीएसपी तिलक भारतीको पीसीआर परीक्षणको रिर्पोट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

एसपी धमला दुईसाता अघि मात्र सरुवा भएर सप्तरी आएका थिए भने डीएसपी भारती सरुवा भएर काठमाडौं जाने तयारीमा थिए । एसपी धमला पछिल्लो समय जिल्ला सुरक्षा समिति लगायतको बैठकमा सहभागी हुँदै आएका थिए भने तीनदिन अघि मात्र पत्रकार सम्मेलनमा समेत पत्रकारहरुसँग कुराकानी गरेका थिए ।

संक्रमण पुष्टि भएपछि उनीहरु कार्यालय भित्रै होम आइसोलेसनमा बसेका छन् । बिहीबार नै जिल्लामा प्रहरी र कैदीबन्दीसिहत १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।