सिरहामा थप ५९ कैदीबन्दीमा कोरोना संक्रमण – Madhesh Update

सिरहामा थप ५९ कैदीबन्दीमा कोरोना संक्रमण

   September 10, 2020  

जिल्ला कारागार सिरहाका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका ६७ मध्ये ५९ जना कैदीबन्दी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

संक्रमितमध्ये सात जना सैनिकसमेत रहेको जनस्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले जानकारी दिए । उनका अनुसार विभिन्न घटनामा पुर्वपक्षका लागि ल्याइएका ७ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कारागारका सबैको स्वाब परीक्षण गरिएको थियो । आज र भोलि कारागारका सम्पूर्ण कर्मचारीको स्वाब संकलन हुने उनको भनाइ छ ।

योसँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म जिल्लामा ३ सय ५५ संक्रमित निको भएर घर फर्किसकेको जनस्वास्थ्य प्रमुख यादवले बताए । उनका अनुसार संक्रमणबाट जिल्लामा १० जनाको मृत्यु भइसकेको छ ।