जनकपुरमा हतियारसहित २ जना पक्राउ – Madhesh Update

जनकपुरमा हतियारसहित २ जना पक्राउ

   September 10, 2020  

जनकपुरमा हतियारसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसडो जनकपुरधाम उपमहानगरपालिका -७ मुसहरी टोलबाट नलकटुवा पेस्तोल र १ थान गोलीसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हातहतियार बेचविखनका लागि ल्याउँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रदेश २-००३०० प. ७३७७ नं. को मोटरसाइकल जाँच गर्दा जनकपुरधाम-२५ लोहनाका २१ वर्षीय अजयराज कास्यत र २४ वर्षीय सुनिलकुमार मण्डललाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो । कालो रंगको झोलामाभित्र लुकाइछिपाई राखेको कटुवा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

हतियारसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।